
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मूर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सुरु हुन्छ । यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ ।
शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्याइएको छ । आइतवार अर्थात् दोस्रो दिन असनबाट हनुमान ढोका अगाडिसम्म र तेस्रो दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट पुनः रथयात्रा लगनटोलस्थित मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij