Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

मौसम पूर्वानुमान महाशाखा

काठमाडौंमा हावाकाे गुणस्तर दिनभर नै अति अस्वस्थ

काठमाडौंमा हावाकाे गुणस्तर दिनभर नै अति अस्वस्थ

वायु प्रदूषण बढेको काठमाण्डौमा आज बिहादेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको

  • काठमाडौं । काठमाडौं उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा पुगेको छ । केही दिनदेखि नै वायु प्रदूषण बढेको काठमाण्डौमा आज बिहादेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको हो ।

    images
    images
    images

    वायु गुणस्तर मापन सूचक एक्यूआई दिनभर नै २ सय ६० आसपासमा रहेको काठमाडौं वायु प्रदूषण उच्च रहेका विश्वका ठूला शहरको सूचीको पहिलो नम्बरमा रहेको विश्वव्यापी रूपमा हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएअरले जनाएको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि सबै वर्गका लागि अति अस्वस्थ हुन्छ ।

    images

    देशका बाँकी भूभागको मौसम सामान्यतया सफा देखिए पनि काठमाडौंकाे मौसम खुल्न सकेको छैन । वायुमण्डलमा धूँवा, धूलो भरिएका कारण यहाँको हावा विषाक्त बनेको र घामसमेत राम्ररी लाग्न नसकेको मौसमविद्ले बताएका छन् । हावा प्रदूषित भएकाले आँखा, नाक पोल्ने लगायतका समस्या देखिन थालेको छ ।

    देशव्यापी डढेलो, आगलागीको घटना बढेका, ग्रामीण इलाकामा कृषि अवशेष जलाउने क्रम बढेको, गाडीको चापका कारण वायु प्रदूषण बढेको वायु गुणस्तर विज्ञ डा.भूपेन्द्र दास बताउनुहुन्छ ।

    unn.prixa.net

    images

    उहाँका अनुसार काठमाडौं को कचौरा आकारको भूगोलका कारण पनि विषाक्त हावा बाहिरिन नसक्दा वायुमण्डलबाट धूँवा–धूलोका कण हट्न नसकेका हुन् । यसमा सुधार हुन कि पानी पर्नुपर्छ वा बतास चल्नुपर्छ । तर तत्काल वर्षा वा हुरीबतासको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij