Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

स्ववियु निर्वाचन

त्रिविमा सकियो मतदान, कति खस्यो मत ?

त्रिविमा सकियो मतदान, कति खस्यो मत ?

कुल ३ हजार १ सय १८ मत खसेको छ ।

  • काठमाडौं । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान चलेको त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन अन्तर्गत मतदान सकिएको छ । 

    निर्वाचन समितिका अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार यहाँ कुल ३ हजार १ सय १८ मत खसेको छ ।

    त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशतमात्रै मत खसेको छ ।

    ‘मतदान सकियो । मुचुल्का उठाउँदै छौं,’ न्यौपानेले भने, ‘केहीबेरमा गणना सुरु हुन्छ ।

    त्रिवि क्याम्पसमा विद्युतीय मतदान भएको थियो । ‘इलेक्ट्रोनिक मतदान भएकाले आजै नतिजा आउँछ,’ न्यौपानेले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij