Logo

Mar 29 2025 | २०८१, चैत १६ गते

Mar 29 2025 | २०८१, चैत १६ गते

दक्षिण कोरियामा आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

दक्षिण कोरियामा आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

  • काठमाडौं । दक्षिण कोरियामा लागेको जंगलको आगलागीमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने १९ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार मृतकहरूमध्ये धेरैजसो ६० र ७० को दशकका थिए। २३ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

    आगो अगाडि बढ्दै जाँदा उइसोङ जिल्लाको प्राचीन बौद्ध मन्दिर गौन्सामा आगलागी भएको छ । गौंसा मन्दिर लगभग एक हजार वर्ष पहिले सिल्ला राजवंशको समयमा निर्माण गरिएको थियो ।

    मन्दिर बाहेक राष्ट्रिय सम्पदाको रूपमा तोकिएको जोसेन राजवंश (१३९२-१९१०) को बौद्ध वास्तुकला संरचना पनि आगलागीमा नष्ट भएको छ। अधिकारीहरूले पुष्टि गरेका छन् कि आगो क्षेत्रमा पुग्नु अघि नै मन्दिरमा उपस्थित भिक्षुहरू र अन्यहरू सुरक्षित स्थानमा सरेका थिए ।

    वन डढेलो फैलिएको कारण कोरिया सम्पदा सेवाले राष्ट्रिय सम्पदा स्थलहरूलाई आगलागीको खतराबाट जोगाउन आफ्नो विपद् सतर्कताको स्तरलाई ‘गम्भीर’ बनाएको छ । यो पहिलो पटक हो जब सतर्कताको स्तर उच्चतम स्तरमा बढाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij