
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा पुत्ला दहन गरेको छ ।
आज अनेरास्ववियूले काठमाडौंको दर्शनीमार्गमा कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै उर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला दहन गरेकाे हाे ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको सालो हुन् । कुलमानलाई हटाइएको बारे अहिले सर्वत्र आलोचना भइरहेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतले समेत कुलमानलाई पदबाट बर्खास्त गर्नुलाई गलत भनेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको उक्त निर्णयको घोर निन्दा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij