
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
हिलिहाङ गाउँपालिका–४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो ।
रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका–२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij