Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नागढुंगामा गाडी दुर्घटना, युवतीको मृत्यु

नागढुंगामा गाडी दुर्घटना, युवतीको मृत्यु

  • काठमाडौं । काठमाडौंको नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नागाढुंगा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हायस गाडी दुर्घटनामा परेको हो ।

    उक्त गाडीमा सवार ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।

    गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij