
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको बनस्थलीबाट आइतबार ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको एसपी सुधिरराज शाहीले जानकारी दिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
सर्वोच्चले मंसिर १२ गते उनलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।
सजाय बेरूजु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी डिल्लीबजार कारागार चलान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij