
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । एनआईसी एसिया बैङ्क लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा डिजिटल पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ । बैङ्कले सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरूलाई नयाँ आशा, भरोसा र उमङ्ग प्रदान गरोस् भन्ने शुभेच्छासहित आधुनिक तथा सुविधाजनक डिजिटल पात्रो उपलब्ध गराएको जनाएको छ ।
उक्त डिजिटल पात्रोमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लिखित बिदाहरू, चाडपर्व, महत्त्वपूर्ण दिवसहरू, पञ्चाङ्ग तिथिहरू लगायतका जानकारी समावेश गरिएका छन् । साथै, बैङ्कका विभिन्न उत्पादन तथा सेवाहरू सम्बन्धी जानकारी र बैङ्कका नयाँ भवनहरू का तस्बिरहरू समेत समावेश गरिएको छ ।
यस पात्रोलाई वाल तथा टेबल पात्रोको रूप मा डिजाइन गरिएको छ, जुन बैङ्कको आधिकारिक वेबसाइटमार्फत सजिलै डाउनलोड गर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij