
Mar 29 2025 | २०८१, चैत १६ गते
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको तीन लाख १८ हजार ८७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
इच्छुक लगानीकर्ताले काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
५४ हजार ८११.५७ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र २ लाख ६४ हजार ६१.५८ कित्ता सेयरको १०० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij