Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

म्यानमारका बौद्धमार्गीलाई नेपाल भ्रमण निम्तो

म्यानमारका बौद्धमार्गीलाई नेपाल भ्रमण निम्तो

  •  काठमाडौं । म्यानमारको यांगुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ सकिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार एक्स्पोमार्फत बौद्धमार्गी पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिइएको छ ।

    नेपाल र म्यानमारबीच ६५औं कूटनीतिक सम्बन्ध स्थापित भएको अवसरमा पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा २१–२२ मार्चमा एक्स्पो भएको थियो ।

    एक्स्पोमा बौद्ध पर्यटन प्रवद्र्धनसँगै नेपाली पर्यटकीय उत्पादन, सूचना प्रविधि र अन्य वस्तु प्रदर्शन गरिएका थिए ।एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० पर्यटन कम्पनीले भाग लिएका थिए ।

    नेपालले बौद्ध पर्यटन प्रवद्र्धनमा जोड दिँदै म्यानमारका पर्यटकलाई नेपालस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij