
Mar 29 2025 | २०८१, चैत १६ गते
काठमाडौं । अभिनेत्री तथा राजनीतिज्ञ हेमा मालिनीविरूद्ध उजुरी दर्ता भएको छ ।
धार्मिक भावनामा ठेस पुर्याएको भन्दै उनीविरूद्ध सोमबार उजुरी दर्ता गरिएको हो । उनी हालै पुरी जगन्नाथ मन्दिर दर्शन गर्न पुगेकी थिइन् । मन्दिरबाट भिडिओ सार्वजनिक भएपछि विवाद सुरू भएको हो । उनको मन्दिरमा प्रवेश अवैध रहेको बताएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हेमा मालिनीविरूद्ध स्थानीय संगठन श्री जगन्नाथ सेनाले उजुरी दर्ता गरेका छन् । हेमाले धार्मिक नियमलाई उल्लंघन गरेको भन्दै सिंहद्वार पुलिस स्टेशनमा उजुरी परेको छ ।
संगठनले आरोप लगाएको छ कि हेमा मालिनीले धर्मेन्द्रसँग विवाह गरेपछि इस्लाम धर्म अपनाएकी थिइन् । उनीहरूको विवाह पनि मुस्लिम रीति रिवाज अनुसार भएको थियो । त्यस कारण उनले मन्दिर प्रवेश गरेपछि हिन्दु धार्मिक भावनामा ठेस पुगेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij