
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । बेल्जियन अभिनेत्री एमिली डेक्वेनको ४३ वर्षको उमेरमा निधन भएको छ ।
सन् २०२३ मा अभिनेत्री आफैंले आफूलाई दुर्लभ ग्रन्थीको क्यान्सर भएको बताएकी थिइन् । आइतबार साँझ पेरिसको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
एमिलीले सन् १९९९ मा कान्समा आफ्नो डेब्यू फिल्म रोसेटाका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । अभिनेत्रीको एजेन्ट डेनियल गेनले उनको मृत्युको बारेमा एएफपीलाई जानकारी दिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij