
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । रुसी स्थानीय अधिकारीहरूले मस्कोमा राति भएको “ठूलो” ड्रोन आक्रमणमा कम्तिमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताएका छन् ।
क्षेत्रीय गभर्नर आन्द्रेई भोरोबयेभले राजधानी बाहिरका विडनोये र डोमोडेडोभो शहरहरूमा हताहत भएको बताए । उनले भने – यस आक्रमणमा आवासीय भवनका सात अपार्टमेन्टहरू क्षतिग्रस्त भएका छन् ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरतर्फ उडिरहेका ७३ वटा ड्रोनलाई खसालिएको र ड्रोनको भग्नावशेषबाट एउटा भवनको छानामा क्षति पुगेको बताए ।
आक्रमणपछि मस्कोको एक जिल्लामा रेल सञ्जाल निलम्बित गरिएको छ र विमानस्थलहरूमा उडान प्रतिबन्धहरू लागू गरिएको छ ।
रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न युक्रेन र अमेरिकाका प्रतिनिधिहरूबीच साउदी अरबमा वार्ता हुने क्रममा यो आक्रमण भएको हो।
युक्रेनले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij