Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

वैदेशिक रोजगारीमा ठगी , छ जना पक्राउ

वैदेशिक रोजगारीमा ठगी , छ जना पक्राउ

  • काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    गोरखा घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललितबहादुर ईवारम र ३३ वर्षीय दीपेश सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    पक्राउ परेकामध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनासँग रु दुई लाख ५० हजार, जेम्सले क्रोएसिया पठाइदिन्छु भनी एक जनासँग रु तीन लाख, रेखाले जापान पठाइदिन्छु भनी चार जनासँग रु १३ लाख दुई हजार, रविले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु १४ लाख तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु ५३ लाख लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij