Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

युक्रेनमाथि रुसी आक्रमण , २५ जनाको मृत्यु

युक्रेनमाथि रुसी आक्रमण , २५ जनाको मृत्यु

  • काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ । रुसले गरेका पछिल्ला आक्रमणहरूबाट कम्तीमा २५ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शनिबार बताएका हुन् ।

    डोनेट्स्कमा भएको आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको र ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसमा ६ जना बालबालिका पनि छन् ।

    आक्रमण खार्किभ र ओडेसालगायत अन्य क्षेत्रहरूमा रहेका आवासीय परिसर र पूर्वाधारहरू पनि लक्षित थिए ।

    अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी दिन प्रतिबन्ध लगाएसँगै पछिल्ला दिनहरूमा रुसले आक्रमण तीव्र पारेको बीबीसीकाे समाचारमा उल्लेख छ ।

    युक्रेनमा रुसको पछिल्लो आक्रमणबारे पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले प्रतिक्रिया जनाएका छन् ।

    ‘जब तपाईं कुनै बर्बरलाई खुसी पार्नुहुन्छ, तब यस्तै हुन्छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij