Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पोर्चुगलका लागि नेपाली राजदूत पौडेलले सम्हाले कार्यभार

पोर्चुगलका लागि नेपाली राजदूत पौडेलले सम्हाले कार्यभार

  • काठमाडौं । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले आफ्नो कार्यभार सम्हालेका छन् ।

    राजदूत पौडेलले बिहीबार राजधानी लिस्बनस्थित अल्कान्त्रामा रहेको नेपाली दूतावासमा पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् । यसअघि बिहीबार पोर्चुगल आइपुगेका पौडेललाई लिस्बनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पोर्चुगलको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी लुइस सान्तोस र लिस्बनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपालले स्वागत गरेका थिए ।

    पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना गरिएको हो भने पौडेल पोर्चुगलका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने पहिलो राजदूत बनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij