
Apr 01 2025 | २०८१, चैत १९ गते
अनुप भट्टराई
एक चर्चित टिकटकर महिला कलाकारले कमेडी दरबारको २६ औँ एपिसोडमा उठाइएको विषयवस्तु र केही कलाकारहरूको व्यवहारलाई लिएर साइबर ब्युरोमा उजुरी दिएकी छिन् । उजुरीमा सुन्दर खनाल, सागर लम्साल बले, कार्यक्रम निर्देशक विक्की अग्रवाल, निर्माता श्रद्धा प्रसाईसहित बलेकी श्रीमती स्नेहा दंगाल सहित बले निकटकी भावना ढकाल समेत मुछिएका छन् ।
साइबर ब्युरोले उजुरी दर्ता भएपछि आजै सम्बन्धित कलाकारहरूलाई फोन गरेर विवादबारे जानकारी लिने प्रयास गरेको र उनीहरूलाई आइतबार दिउँसो १ बजे सम्पर्कमा आउन अनुरोध गरेको बुझिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij