
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ ।
मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो । उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए ।
उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्याएका थिए । त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए ।
पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए । अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए ।
‘दलाल को हुन् पत्ता लाग्न बाँकी छ, जहाजबाट आउन लागेका नेपालीलाई त्रिभुवन विमानस्थलमा लिन हाम्रो टोली जाँदैछ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएपछि अन्य कुराबारे अनुसन्धान हुने छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij