Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ‘परदेशी २’ सुटिङका लागि पाल्पा पुगेको छ । कोरोना महामारीका कारण गत बर्षको चैत्रमा रोकिएको फिल्मको सुटिङ फेरि सुरु भएको हो । केही दिनको काठमाडौ छायाँकन पछि फिल्म युनिट सुटिङका बिहिबार पाल्पा पुगेको हो ।
दीलिप रायमाझी, प्रकाश सपुत, प्रशान्त तामाङ, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्म पाल्पाको माथागढीको झडेवा, कसेनी लगायतका स्थानमा छायाँकन हुने निर्देशक नारायण रायमाझीले बताए ।
१७ गतेसम्म फिल्मको छायाँकन पाल्पामै हुने बताइएको छ । लकडाउन अघि ७० प्रतिशत छायाँकन सकिएको फिल्मको अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बाँकी छायाँकन गर्न लागिएको हो । रमेश विजीको लेखन, निर्देशक रायमाझी र राजेश वंशलको निर्माण फिल्ममा रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij