
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । बेलायतमा गोपनीयता निगरानी गर्ने एजेन्सी ‘इन्फर्मेशन कमिश्नर अफिस’ (आईसीओ) ले सामाजिक सञ्जाल कम्पनीहरू टिकटक, रेडिट र इम्गुरमाथि छानबिन सुरु गरेको छ । १३ देखि १७ वर्ष उमेरका बालबालिकाको डेटा यी प्लेटफर्महरूले कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे यो अनुसन्धान केन्द्रीत रहेको बताइएको छ ।
टिकटकको एल्गोरिथ्मले प्रयोगकर्ताहरूलाई भिडियो सिफारिस गर्न उनीहरूको डेटा प्रयोग गर्छ । यो अनुसन्धान टिकटकले बालबालिकाको व्यक्तिगत डेटाको दुरुपयोग गरिरहेको छ कि छैन भन्नेबारे भएको बताइएको छ ।
यस अनुसन्धानमा कम्पनीहरूले कानुन उल्लङ्घन गरेको प्रमाण फेला पारेमा उनीहरूलाई पहिले स्पष्टीकरण दिने मौका दिइनेछ । त्यसपछि उनीहरू विरुद्ध कारबाही पनि हुन सक्नेछ । टिकटक, रेडिट र इमगुरले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij