Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

    images
    images
    images

    ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अग्रसर हुन प्रेरणा मिल्ने बताउनुभएको छ ।

    उहाँले नेपाल बहुजाति बहुभाषी र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै यही विशेषताले नेपालीलाई सदियौँदेखि एकापसमा सहकार्य, समन्वय र बन्धुत्वको भावनाका साथ अघिबढ्न सहयोग पुयाएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij