
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । इन्टरनेशल वुमेन्स च्याम्पियिनसिपको फाइनल खेल भोली (बुधबार) हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भईरहेको बताए ।
उनले भने, ‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौं । उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौं । उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुदैँछ ।’ यसको साथै, नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने बताईन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij