Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अवैध सुनसहित एकजना पक्राउ

अवैध सुनसहित एकजना पक्राउ

  • काठमाडौं । मकवानपुर प्रहरीले अवैध सुनसहित हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्वी नगरपालिका–५ का ३३ वर्षीय जस जोशी चौधरी रहेका छन् ।

    images
    images
    images

    आइतबार बिहान १०ः ३० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५, रातोमाटेमा बारा जिल्लाको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बस चालक चौधरीको साथबाट ४३.३८ ग्राम सुन बरामद गरेको मकवानपुर प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

    बरामद भएको सुनको बजार भाउ ६ लाख ३५ हजार २ सय २६ रुपैयाँ बराबरको भएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij