Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले यहि  फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

    images
    images
    images

    बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गर्न लागेको जनाएको छ ।

    बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने भएको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

    बैंकले निष्कासन गर्ने ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाउने भएका छन् । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij