
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रूपैयाँले बढेको हो ।
सुन आज तोलाको १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ हजार २०० रूपैयाँले बढेको थियो ।
यस्तै, चाँदीको मूल्य बुधबार पनि बढेको छ । चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij