
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुमा पुगेको छ ।
मङ्गलवार ३१४ कम्पनीका ९९ हजार ५८५ पटकको कारोबारमा एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँ रहेको छ ।
८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटाको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ७ वटा घट्दा अन्यमा हरियाली छाएको छ ।
तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij