Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरकी प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’को ताज

ललितपुरकी प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’को ताज

  • काठमाडौं । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’को उपाधि जितेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    नेप्लीज फेसन होमको आयोजनामा आइतबार साँझ सम्पन्न प्रतियोगितामा १९ प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उनले उपाधि चुमेकी हुन् ।  उपाधिका साथ उनले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरू समेत जितेकी छन् । 

    AGNI GROUP

    सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रुपमा रहेको प्रतियोगितामा  अधिवक्ता तथा माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेश्न्ल क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्व अध्यक्ष अजर मान जोशी, नमूना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वर लाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा.शिक्षिता श्रेष्ठ तथा मिस नेवाःनेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायक रहेका थिए ।

    आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्युटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियान रहेको जानकारी दिइन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट