Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

गायिका एलिनाले गरिन् विष्णु सापकोटासँग सम्बन्धविच्छेद, प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौं

गायिका एलिनाले गरिन् विष्णु सापकोटासँग सम्बन्धविच्छेद, प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौं

  • काठमाडौं । गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् ।

    चौहानले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् ।  सापकोटालाई सम्बोधन गर्दै चौहानले लेखेकी छन्, “आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।”

    गत हप्ता चौहानले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिइन् ।

    चौहानको स्टाटस – 

    प्रिय बिष्णु,
    अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन् ।
    तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् ।
    तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
    हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
    वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
    तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।
    भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
    जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।
    आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
    पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
    तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij