Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

  • काठमाडौं । कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र २ नम्बर वडाका १६ वर्षीय किशोर छन् ।

    images
    images
    images

    बर्दगोरिया-२ की ती १३ वर्षीया किशोरीमाथि गत शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ । मासु पकाएर ल्याउन लगाएर ललाइफकाइ जबरजस्ती करणी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

    उनकाअनुसार विकले किशोरीलाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए । पकाएको मासु पुर्‍याउन गएको बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

    आइतबार पीडित किशोरीकी दिदीले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij