
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कपिलवस्तुमा आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा पक्राउ परेका हुन् ।
उनीहरू आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए ।
कपिलवस्तु प्रहरी टोलीले वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij