Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज सरस्वती पूजाका दिन, पूजाआराधना गरी मनाइँदै

आज सरस्वती पूजाका दिन, पूजाआराधना गरी मनाइँदै

  • काठमाडौँ । आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइँदै छ ।

    images
    images
    images

    आजका दिन विद्यार्थीले सरस्वतीको पूजाअर्चना गर्छन् भने विद्यालय नगएका साना बालबालिकालाई अक्षर लेख्न सिकाउने चलन छ । किनकि सरस्वतीको पूजाका दिन आज अक्षरारम्भ गराए विद्या आउने विश्वास गरिन्छ ।

    यसै क्रममा आज बिहान काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिर पुग्दा भित्ताभरि नेपाली र अंग्रेजी अक्षर लेखिँदै थिए । बालबालिकादेखि वृद्धवृद्धासम्म चकले भित्तामा आफ्नो नाम लेखेर रमाइरहेका थिए ।

    ससाना बालबालिकाकालाई अभिभावकले हात समातेर अक्षर लेख्न सिकाउँदै थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij