
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता मनिषा कोईरालाले माघ २२ गते मंगलवारदेखि देशव्यापी रुपमा सञ्चालन हुन गैरहेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानमा सबै जनालाई सहभागि हुन आह्वान गरेकी छिन् ।
एचपिभी खोप अभियानका लागि सद्भावना दूत समेत रहेकी अभिनेत्री कोइरालाले क्यान्सर केयर नेपालसँग आवद्ध रही क्यान्सर सम्बन्धि सचेतनाका कामहरू गर्दै आइरहेकी छिन् । उनले भनेकी छिन् – ‘पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले नेपाल सरकारले यही माघ २२ गते देखि फागुन ६ गतेसम्म देशभरी एचपिभी खोप अभियानलाई सञ्चालन गर्दैछ ।
यस्तो महत्वपूर्ण कार्यमा यहाँहरू सबैको साथ र सहयोग प्राप्त हुनेछ भन्नेमा म विश्वस्त छु ।’ पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । यसबाट सुरक्षित रहन हरेक किशोरीले प्रारम्भिक किशोरावस्थामै एचपिभी खोप लगाउनु पर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij