Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा

  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रूपमा मनाउँदैछ । माघ २१ गते सोमवार भोलि प्रदेश सरकारले आठौँ स्थापना दिवस मनाउन थालेको हो ।

    images
    images
    images

    प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदै छ । प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूका स्टलहरू समेत राखिने छन् ।

    यसै गरी स्थापना दिवसलाई भव्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दीपावली गरी मनाउने कार्यक्रम रहेको छ ।

    शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभूषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

    झाँकीहरूको बीचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

    प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो ।

    प्रदेश सरकारले दुई वटा दिवसलाई एकै दिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij