Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

कांग्रेस सांसद भट्ट राष्ट्रियसभाको बैठकमै ढले

कांग्रेस सांसद भट्ट राष्ट्रियसभाको बैठकमै ढले

  • काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट बैठकमा सहभागी हुँदा हुँदै बिरामी परेका छन् ।

    images
    images
    images

    आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिने क्रममा आशनमा बस्दा भट्ट अस्वस्थ भएर ढलेका थिए । भट्ट आशनमै ढलेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए।

    images

    ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने । शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेर ढलेका थिए।

    चक्कर लागेर ढलेका भट्टलाई नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाहिर लगे ।मधुमेह र उच्च रक्तचापबाट पीडित उनको अहिले संसद् सचिवालयकै स्वास्थ्य शाखामा उपचार भइरहेको छ। 

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij