Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान न्याय माग्दै

माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान न्याय माग्दै

  • काठमाडौँ । दाङको स्वर्गद्वारी गुठीका मोही किसान न्याय माग्दै काठमाडौँ आइपुगेका छन् ।

    images
    images
    images

    उनीहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएर आज (आइतबार) देखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । हलो, कुटो कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर आएका गुठीपीडित किसानहरूले माइतीघरको सडकमा प्रदर्शन गरिरहेका छन् ।

    स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति दाङको संयोजनमा काठमाडौँ आएका उनीहरूले स्वर्गद्धारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्ने गरी गुठी ऐन जारी हुनुपर्ने माग गरेका छन् । स्वर्गद्वारी आश्रमका मोही किासनको मोहीयानी हक प्रमाणपत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबाब दिन आफूहरू धर्नामा उत्रिएको संघर्ष समितिका सचिव भरत गिरीले जानकारी दिए ।

    उनीहरूले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएका छन् । तर आफूहरूको मागबारे सरकारले सुनुवाई नगरेपछि अहिले काठमाडौँमै आएर धर्ना बस्नुपरेको उनले बताए । स्वर्गद्वारी गुठीको मोही दाङ जिल्लामा १२ मौका (गाउँ) मा ३ हजार ५ परिवारका करिब १६ हजार जनसंख्याको बसोबास छ । कुल १ हजार ५० विपा जमिन गुठीअन्तर्गत छ ।

    किसानले खेतीपाती गर्दै बसोवास समेत गर्दै आएको पुस्तौं बित्यो, उक्त जग्गा हाम्रै बाजे, जिजुबाजेले खेतीयोग्य बनाएका हुन् । स्वामित्य भने स्वर्गद्वारी गुठीको नाममा छ,’ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हामीसँग मोहीयानी पुर्जा छ । त्यो पनि २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको छ ।

    जग्गा जोतखन, स्याहार, संरक्षण र माया गर्ने किसानहरूलाई नै जमीनको स्वामित्व नहुने अवस्था हुनु ठूलो अन्याय भएको उनीहरूको दाबी छ । ‘हामीले जोतखन गर्दै आएको जग्गाको स्वामित्व माग गर्दा नदिएपछि बाध्य भएर राज्यको ध्यानकर्षण गराउनको लागि काठमाडौं केन्द्रित आन्दोलनमा छौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij