
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मानव कङ्कालसहित प्रहरीले एक जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।
भारतबाट नेपाल ल्याउँदै गरेको मानव कङ्कालसहित विनोद रायलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का रायलाई मानव कङ्कालसहित प्रहरीले पक्राउ गरेको हो । सीमामा खटेका सशस्त्र प्रहरीको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको छ ।
उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij