
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सर्लाहीमा नक्कली नोटसहित १ जना पक्राउ परेका छन् ।
ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा- ९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शनिबार साँझ पक्राउ परेका हुन् ।
सोही ठाउँस्थित किराना पसलमा मुकेश कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनले प्रयोग गरेको बीआर ३० एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij