
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । तनहुँमा ग्यास बुलेट दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा एचआर ५५ क्यू ४७११ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुग्लिनबाट दमौली जाँदै गरेको बुलेट शनिबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा भारतको विहार पूर्वी चम्पारण बस्ने ३६ वर्षीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि दमौली अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij