Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भारतबाट मामाघर आएकी बालिका मृत भेटिइन्

भारतबाट मामाघर आएकी बालिका मृत भेटिइन्

  • काठमाडौं । भारतबाट एक महिनाअघि विराटनगरस्थित मामाघर आइकी १४ वर्षिया बालिका चाँदनी यादव मृत भेटिएकी छन् ।

    images
    images
    images

    विराटनगर महानगरपालिका वडा नम्बर ५ स्थित कलरवा टोलमा रहेका मामाघरबाट करिब ४० मिटरको दुरीमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शुक्रबार उनको शव फेला पारेको हो । बिहार राज्यको छप्राहकी चाँदनीलाई उनकी आमाले एक महिनाअघि मात्र मामाघरमा ल्याएर छाडेकी थिइन् ।

    पछिल्लो केही दिनयता उनलाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोधखोजका क्रममा मामाघरका हजुरबुवा सर्जु मण्डलले घर फर्किएको बताए पनि भारतबाट बुवाआमाले मामाघरमै रहेको जानकारी दिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घर पछाडी नयाँ माटो देखेको र खन्दै जाँदा उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

    उनको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चाँदनीका मामाघरका हजुरबुवा सर्जु मण्डल, मामा र माइजुलाई नियन्त्रणमा लिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij