Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विमानस्थलमा १६ किलो शंकास्पद वस्तु बरामद

विमानस्थलमा १६ किलो शंकास्पद वस्तु बरामद

  • काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको १६ किलो शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारतको उत्तराखण्डका २५ वर्षीय भुपिन्द्र भण्डारी छन् । प्रहरीले ७ माघमा लागूऔषध जस्तो देखिने शंकास्पद बस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । विमानस्थल प्रहरीले समातेपछि उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा बुझाइएको थियो । त्यसक्रममा ब्यूरोको टोलीले थप एक भारतीयलाई पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए ।

    उनले बरामद भएको वस्तु एनेस्थेसिया पाउडर भएको दाबी गरेका छन् । प्रहरीले भने बरामद वस्तुलाई जाँचका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । हालसम्म रिपोर्ट आइनसकेको ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij