Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ओखलढुंगा दुर्घटनामा बेपत्ता’ भएका चालक भक्तपुरमा फेला

ओखलढुंगा दुर्घटनामा बेपत्ता’ भएका चालक भक्तपुरमा फेला

  • काठमाडौँ । ओखलढुंगामा बिहीबार राति तीन जनाको ज्यान जानेगरि टाटासुमो दुर्घटना भएपछि ‘बेपत्ता’ भएका चालक भक्तपुरमा फेला परेका छन् ।

    images
    images
    images

    सामान्य घाइते अवस्थामा फेला परेका उनको अहिले भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए । टाटासुमो भिरबाट खस्दा सामान्य घाइते मात्रै भएका उनी घटनाको विषयमा प्रहरीलाई जानकारी नै नगराई आफूमात्रै उपचारको लागि अस्पताल आएको खुलेको छ ।

    बुधबार राति खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो शुक्रबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त दुर्घटनामा परेर आमाछोरासहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टाटासुमो भिरबाट झण्डै एकसय मिटर तल खोलाको बगरमा खसेको अवस्थामा फेला परेको थियो । मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ रहेकी छन्। टाटासुमो दुर्घटना भएकै स्थानमा शुक्रबार बिहान सबा ८ बजे उनीहरुको शव फेला परेको हो । दुर्घटना राति कतिबजे भयो अझै खुलिनसकेको प्रहरीले जनाएको छ ।

    दुर्घटनाको झण्डै सात घण्टापछि मात्रै घटनाको विषयमा आफूहहरुले जानकारी पाएको अनुमान प्रहरीले गरेको छ । चालक पण्डितले टाटासुमो पल्टिएपछि राति नै आफू अर्को गाडीमा लिफ्ट मागेर उपचारमा आएको बयान प्रहरीलाई दिएका छन् । दुर्घटनालगत्तै आफन्तसँग समन्वय गरेर सुरुमा धुलिखेल अस्पताल पुगेका उनको अहिले अहिले मध्यपुरठिमीस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    उनले दुर्घटनाको विषयमा प्रहरीलाई समयमै जानकारी नदिँदा उद्धारमा ढिलाइ भएको इन्सपेक्टर कार्कीले बताए। उनी टाटासुमो भिरबाट खसेपछि मलाई होस भएन । मैले सक्दै सकिँन भन्छन् । उनी आफैँ पनि सामान्य घाइते छन्,’ इन्सपेक्टर कार्कीले भने, ‘उपचारमा रहेको मान्छेलाई धेरै सोधखोज गर्ने कुरा पनि भएन। उनलाई हामीले निगरानीमा राखेका छौँ। अस्पतालबाट डिस्चार्ज भएपछि कानुनी कारबाही प्रक्रिया र थप अनुसन्धान अघि बढाउँछौँ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij