
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन् ।
रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन् । सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ ।
उनले आफ्ना शुभचिन्तकको माया र आशिर्वादका लागि पनि धन्यवाद दिएकी छिन् । कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ । सोहि अभ्यासलाई रचनाले पनि पछ्याएकी छिन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij