
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जिल्लाको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा तेह्र वर्षपछि पानी पलाएको छ ।
यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यस वर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए ।
पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ । २०६८ मा पानी पलाउँदा यो क्षेत्रमा भागवत लगाइएको थियो । यो वर्ष कार्तिक मंसिरमा पलाउनुपर्ने भन्दै स्थानीयले दैनिक निगरानी राख्दै आएकोमा बुधबार पानी देखेपछि स्थानिय उत्साहित छन् ।
परापूर्व कालदेखि हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने यहाँको अद्भुत बिशेषता रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij