
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् ।
संस्थाको चौथो अधिवेशन अन्तर्गत बुधबार भए को मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीले जानकारी दिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाईँ २११ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाए । सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाए । दुई उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली,उपेन्द्र गुप्ता,पूर्णबहादुर थापाराजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिका संयोजक मरासिनीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij