
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । संसदमा रहेका विपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। संसदको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै छ । उक्त अधिवेशनमा विक्षीहरूको रणनीतिका सम्बन्धमा बैठकमा छलफल हुने बताइएको छ ।
सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहेका छन् । बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायत दलका प्रतिनिधि सहभागी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij