Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाली युवा विपिन गाजामै रहेको पुष्टि

नेपाली युवा विपिन गाजामै रहेको पुष्टि

  • काठमाडौं । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ ।

    images
    images
    images

    उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार आज बिहीबार तीन इजरायली र पाँच थाई नागरिकलाई हमासले रिहा गर्दैछ । २० वर्षीय इजरायली सैनिक अगम बर्गर, २९ वर्षीया महिला अर्बेल येहुद ८० वर्षका गदी मोशे मोजेस छन् । पाँच थाईको नाम भने उल्लेख गरिएको छैन ।

    विपिनको रिहाइ कहिले हुने भन्ने समाचारमा उल्लेख छैन । ‘हमासले तीन इजरायली र पाँच थाई बन्धकलाई मुक्त गर्ने पुष्टि गरेको छ, गाजामा अझै आठ थाई बन्धक छन्, त्यसका साथै एक नेपली र एक तन्जानियाली नागरिक पनि छन् । यद्यपि, इजरायलले दुई थाई नागरिक र तन्जानियाली नागरिक भने जीवित नरहेको घोषणा गरेको छ,’ समाचारमा उल्लेख छ ।

    इजरायल–हमास युद्धविराम भएसँगै दुवै तर्फका बन्धक रिहाइको प्रक्रिया चलिरहेको छ । हालसम्म प्यालेस्टिनी सशस्त्र संगठन हमासले बन्धक बनाएका १५७ जना रिहा भइसकेका छन् । यद्यपि नेपाली युवा विपिन जोशी भने हालसम्म रिहाइ भएका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij