Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

सोनाम ल्होछारका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्वीरसहित सोनाम ल्होछार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

    आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार १ हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो ।

    हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला ! प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij