
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा आकासमै सेनाको हेलिकप्टरसँग ठोकिएको अमेरिकन एयरलाइन्सको विमान ६४ जना सवार रहेको सीएनएनले जनाएको छ ।
यस्तै सेनाको हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा भएको हो ।
डीसी फायर एन्ड ईएमएस विभागका अनुसार डीसी हुँदै गइरहेको विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको हो ।
विभागले एक्समा लेखेको छ-फायरबोटले नदीमा विमान खोजिरेहका छन् । दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij