Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वडा नं १८ ले, स्वयंसेवीकाहरुलाई सम्मान र बिदाई गर्‍यो

वडा नं १८ ले, स्वयंसेवीकाहरुलाई सम्मान र बिदाई गर्‍यो

  • ललितपुर । ललितपुर महानगरपालिका वडा नं १८ ले ५ जना महिला स्वयंसेवीकाहरुलाई सम्मान गरेको छ ।

    images
    images
    images

    वडा कार्यालयले आज एक कार्यक्रम आयोजना गरी पाँचवर्ष बढी सेवा गरेका ५ र नौ जना नवनियुक्त टोल स्वास्थ्य उत्प्रेरकहरुलाई सम्मान गरेको छ । सोही कार्यक्रममा महिला स्वास्थ्यसेवी दालचिनी थापालाई बिदाई गरेको छ ।

    सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेवीहरुमा मिना थापामगर, रेणु कुँबर, मिरा विष्ट, विन्दु रोक्का ,अञ्जु थापा रहेका छन् । त्यसैगरी सम्मानित हुनेमा नवनियुक्त ९ जना टोल स्वाथ्य उत्प्रेरकहरुमा लिला गौतम , अस्मिता बोगटी, सचिन महर्जन, सञ्जु कुँबर, रमिता थापा, वर्षा कुँबर, प्रमिला खड्का, सविना थापा र शान्ता अधिकारी रहेका छन् ।

    वडा अध्यक्ष दामोदर खड्काले सबै सम्मानित हुने स्वयंसेवीहरुलाई दोसल्ला , छाता, तुमलेट उपहार दिनुभएको थियो । कार्यक्रममा बिदाई हुनुभएका दालचिनी थापालाई दोसल्ला, पानीखाने तुमलेट र छाता प्रदान गरेका थिए।

    कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले वडाका स्वयंसेविकाले गरेको योगदानको चर्चा गरेका थिए । उनले दुई दशक सेवा गरेर बिदाई भएका थापाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा सफलताको शुभकामाना दिएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij